किशोर किशेरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी दिने उद्घेश्यले स्थापित सूर्योदय यवा सुचना केन्दको मिति २०६२ फाल्गुण १३ गतेको भेलाले पुनर्गठन गरेको छ । आगामी २ वर्षा लागि बनेको सात सदस्यीय नयाँ “कार्य समिति को अध्यक्षतामा एक बहादुर भुजेल निर्विरोध निवाचित हुनुभएको छ ।उक्त समितिको सचिवमा सुरेश नेपाली, कोषाध्यक्षमा सम्झना कुवँर सदस्यमा राजेन्द्र क्षेत्री, फुलमाया गुरुङ, तिर्थ कुमाल र पदेन सदस्यमा सुर्योदय क्लव रहेको छ । साथै नयाँ कार्य समितिको पुरानो समितिले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै स-सम्मान विदाई गरेको छ ।
आमा मिलन केन्द्रद्धारा स्याङ्जा जिल्लामा संचालित RHIYA परियोजना अन्तरगत साविक गा.वि.स. -पुतलीबजार,गणेशपुर,चण्डीकालीका,करेण्डाडा,सातुपसल) हाल पुतली बजार नगरपालिकाका १ देखि १३ वडामा यूवा यूवतीको यौन तथा प्रजनन् स्वास्थ्य सुधार सम्बन्धी सामुदायिक क्रियाकलापमा पुतली बजार न. पा. का किशोर किशोरी यूवा यूवतीलाइ स्वास्थ्य सम्बन्धी जानकारी दिन सूर्योदय क्लव,स्याङ्जा र आमा मिलन केन्द्रको हातेमालोमा युवा सुचना केन्द्को स्थापना २०६१।०८।१७ मा गरिएको थियो । सुचना केन्द्रको संचालनका लागि भवन क्लवले उपलब्ध गराएको छ भने आवश्यक भौतिक सामाग्रीहरु आमा मिलन केन्द्रले उपलब्ध गराएको छ । यस सुचना केन्द्र द्धारा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सल्लाह,सुझाब,परामर्श सेवा दिनका लागि युवा मैत्री परामर्श स्वास्थ्य सेवा को स्थापना गरिएको छ । यस सुचना केन्द्मा दैनिक किशोर किशोरी युवा युवती पत्र पत्रिका पढ्न, आफ्ना समस्याको समाधानका लागि दक्ष चिकित्सकसँग परामर्श लिन आउने गर्दछन् । यस सुचना केन्द्मा दैनिक किशोर किशोरी र यूवा यूवती २० देखी ३० जना आउने गर्दछन् । यस सुचना केन्द्र स्थापना भए पश्चात् किशोरी, युवती १५०० जना,किशोर, युवा १७०० जना गरी जम्मा ३२०० जना को उपस्थित रहेको छ । युवा मैत्री स्वास्थ्य परामर्श सेवा संचालन भए पश्चात किशोरी यूवती ५०० जना किशोर युवा ४५० गरी जम्मा ९५० जना स्वास्थ्य परामर्श सेवा लिन आएका छन् । यस सुचना केन्द्रमा आउने किशोर किशोरी युवा युवती को प्रमुख समस्यामा परिवार नियोजनका अस्थायी साधन हरु,सुरक्षित गर्भपतन, बाझोपन,शारीरिक परिवर्तन सम्बन्धीका समस्याहरु,यौन सम्बन्धी जिज्ञासा, स्वप्नदोष, हस्तमैथुन आदी रहेका छन् । यी समस्याहरुलाई समाधान गर्नका लागि प्राविधिक चिकित्सकको परामर्श तथा स्वास्थ्य परिक्षण गरिने गरिएको छ ।यस सुचना केन्द्र द्धारा किशोर किशोरी युवा युवती का मुख्य समस्या हरुको निकास दिन ठूलो योगदान पु-याएको छ ।
सुचना केन्द्रलाई दिगो रुपमा संचालन गर्न यस क्षेत्रका युवाहरुको वास्तवमै सुचनाको केन्द्रको रुपमा बिकास गर्न सूर्योदय क्लव, आमा मिलन केन्द्र र किशोर किशोरी, युवा, युवतीहरुको समूहहरु बिचमा आवश्यक अर्न्तक्रिया र भावी योजनाहरु बनाई कार्यान्वयन गर्दै आईरहेको छ ।